२०८२ पौष ५ गते शनिवार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ ।
यससँगै आज सुनको मूल्य तोलामा २ लाख ५८ हजार ४ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ६० हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।
साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ७५ रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा ४ हजार ५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४ हजार ८० रुपैयाँमा कारोबार भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij