Logo

२०८२ पौष ३ गते बिहिवार

२०८२ पौष ३ गते बिहिवार

फराकिलो मतान्तरसहित एमाले केन्द्रीय सदस्यमा विजयी भइन् सुनिता डंगोल

फराकिलो मतान्तरसहित एमाले केन्द्रीय सदस्यमा विजयी भइन् सुनिता डंगोल


  • 1.2K
    Shares

    फराकिलो मतान्तरसहित एमाले केन्द्रीय सदस्यमा विजयी भइन् सुनिता डंगोल
    images

    काठमाडौं ।  काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल उपत्यकाबाट अत्यधिक मतसहित केन्द्रीय सदस्यमा विजयी भएकी छन् ।

    भूगोल राजधानी विशेषबाट उम्मेदार बनेकी उनले ४० वर्ष मुनिकाको भिडन्त भएको उक्त क्लस्टरका अन्य दुई उम्मेदवार ईन्जिनियर राजन थापा र सन्तोष खड्कालाई फराकिलो मतले हराइन् ।

    सुनिताले १६६८ मत पाउँदा थापाले २२९ र खड्काले ३३० मात्रै मत ल्याए । यससँगै सुनिताले एमालेको राजनीतिमा औपचारिक यात्रा थालेकी छन् ।

    उनी अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा थिइन् । उता कोशीबाट युवा क्लस्टरको उम्मेदवारमा युवा संघका अध्यक्ष क्षितिज थेबे समावेश थिए । उनले पनि ठूलो मतान्तरले जित निकालेका छन् ।

    प्रकाशित मिति :पौष ३ २०८२ बिहिवार - १४:४१:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij