२०८२ पौष २ गते बुधवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा करिब सवा ४ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको ४ अर्ब २४ करोड ४६ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो।
यसका लागि पुस ४ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ। यो लगानी ६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।
कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ३ अर्ब ३९ करोड ५८ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ६३ करोड ६६ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा २१ करोड २२ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij