Logo

२०८२ पौष २ गते बुधवार

२०८२ पौष २ गते बुधवार

हेटौँडाको सडक विस्तार विरुद्धको रिट हेर्न नमिल्नेमा

हेटौँडाको सडक विस्तार विरुद्धको रिट हेर्न नमिल्नेमा


  • 750
    Shares

    हेटौँडाको सडक विस्तार विरुद्धको रिट हेर्न नमिल्नेमा
    images

    काठमाडौं । हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारविरुद्ध दायर गरिएको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ नहुने भएको छ । सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको पनि ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको छ ।

    रास्वपा नेतृ एवम् पूर्वसांसद विन्दवासिनी कंसकार समेतले दायर गरेको उक्त रिट सर्वोच्चको इजलास नम्बर ६ को ‘च’ नम्बरमा सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, इजलासले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि आजका लागि तोकिएको सुनुवाइ रोकिएको हो ।

    निवेदकहरूले व्यक्तिगत सम्पत्तिमा हस्तक्षेप भएको र प्रक्रिया नपुर्याई संरचना हटाउन खोजिएको भन्दै मुद्दा दायर गरेका थिए ।

    त्यस्तै, मङ्सिर २६ गते न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले उक्त मुद्दासँग सम्बन्धित मिसिल झिकाउने आदेश गरेको थियो । सोही आदेशअनुसार पुस २ गतेका लागि पेसी तोकिएको थियो ।  

     

    प्रकाशित मिति :पौष २ २०८२ बुधवार - १४:२७:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij