Logo

२०८२ पौष २ गते बुधवार

२०८२ पौष २ गते बुधवार

संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश

संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश


  • 554
    Shares

    संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
    images

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका ८ निवर्तमान सांसदहरूले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । 

    निवर्तमान कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहितले मङ्सिर २३ गते दायर भएको रिटमा बुधबार संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । 

    रिटमा संविधानले प्रतिबन्धित गरेको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गरी असंवैधानिक व्यक्तिको सिफारिसमा संविधान विपरीत संसद् विघटन गरिएकाले तत्काल पुनर्स्थापनाको माग कांग्रेस सांसदहरूले गरेका छन् । 

    प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र नहकुल सुवेदीसहितको संवैधानिक इजलासमा सुनुवाइ भएको थियो । 

    रिटमा निर्वाचनका सबै गतिविधि रोक्न माग गरिएको छ । 

     

     

    प्रकाशित मिति :पौष २ २०८२ बुधवार - १४:२०:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij