Logo

२०८२ पौष १ गते मंगलवार

२०८२ पौष १ गते मंगलवार

काठमाडौं र ललितपुरबाट करिब ५७ लाख बराबरको धनमाल चोरी

काठमाडौं र ललितपुरबाट करिब ५७ लाख बराबरको धनमाल चोरी


  • 799
    Shares

    काठमाडौं र ललितपुरबाट करिब ५७ लाख बराबरको धनमाल चोरी
    images

    काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट लाखौँको धनमाल चोरी भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सोमबार मात्रै काठमाडौंको तारकेश्वर नगरपालिका, काठमाडौं महानगरपालिका र ललितपुरको महालक्ष्मी नगरपालिकाका विभिन्न स्थानबाट मात्रै सुनका विभिन्न गरगहना र नगदसमेत गरी करिब ५७ लाख बराबरको धनमाल चोरी भएको हो ।

    तारकेश्वर नगरपालिका-११ नेपालटारमा सुनिता बजगाइको कोठाबाट रु दुई लाख ९१ हजार, तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीमा जयराम अधिकारीको घरबाट रु तीन लाख ७७ हजार र काठमाडौं महानगरपालिका-१५ मा धर्मरत्न शाहीको कोठाबाट सुन तथा चाँदीका गरगहना र ल्याप्टप एक थान गरी करिब रु सात लाख ४० हजार बराबरको चोरी भएको छ ।

    प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका-१ भैरव टोलमा जानेन्द्रलाल कर्णको कोठाबाट रु चार लाख चार हजार र कृष्ण मन्दिर चोक नजिकै बाबुराम पाण्डेको कोठाबाट रु ३९ लाख ४७ हजार बराबरको धनमाल चोरी भएको छ । चोरीमा संलग्नको खोजी गर्नुका साथै सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रकाशित मिति :पौष १ २०८२ मंगलवार - १६:००:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij