२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी जेठ २२–२५ गतेसम्म निर्धारित केन्द्रीय महाधिवेशन स्थगित गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयका प्रमुख भास्कर भद्रा र ध्रुवबहादुर प्रधानले शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै महाधिवेशन स्थगित भएको जानकारी दिए ।
राप्रपाका त्रय अध्यक्ष सहितको बैठकले महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गर्ने निर्णय समेत गरेको छ ।
कोरोना भाइरस संक्रमणको महामारी बढिरहेका बेला संक्रमितको उपचारका लागि आवश्यक बन्दोबस्त मिलाउन समेत राप्रपाले सरकारसँग आग्रह गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij