२०८२ पौष १ गते मंगलवार
काठमाडौं। नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । जस अन्तर्गत अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुँदैछ ।
केन्द्रीय निर्वाचन आयोगले आज सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा यी दुईबिच प्रतिस्पर्धा हुने भएको हो । उनीहरू प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका हुन् । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डपमा दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म हुने छ ।
महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदै छ । आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका १०० वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् ।
एक जना मतदाताले मतदान गर्न करिब २५ देखि ३० मिनेट समय लाग्ने अनुमान गरिएको छ । महाधिवेशनमा कुल २ हजार २६३ प्रतिनिधि सहभागी छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij