२०८२ पौष १ गते मंगलवार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुन चाँदीको मूल्यमा वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा २ लाख ६० हजार रुपैयाँ नाघेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य २ लाख ६० हजार ७०० रुपैयाँ पुगेको हो । जबकि अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ५८ हजार ८०० रुपैयाँ थियो ।
साथै, चाँदीको मूल्यले पनि उचाइ लिएको छ । आज चाँदी तोलामा ५९० रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ३ हजार ८७० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३ हजार २८० रुपैयाँमा कारोबार भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij