Logo

२०८२ पौष १ गते मंगलवार

२०८२ पौष १ गते मंगलवार

ईभी पिकअप ब्रान्ड रिडाराको विशेष अफर सार्वजनिक, रिडारामा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

ईभी पिकअप ब्रान्ड रिडाराको विशेष अफर सार्वजनिक, रिडारामा ८० प्रतिशतसम्म फाइनान्स सुविधा


  • 1.1K
    Shares

    ईभी पिकअप ब्रान्ड रिडाराको विशेष अफर सार्वजनिक, रिडारामा ८० प्रतिशतसम्म फाइनान्स सुविधा
    images

    काठमाडौं । ईभी पिकअप ब्रान्ड रिडाराले विद्युतीय सवारीलाई अझ सहज र पहुँचयोग्य बनाउन सीमित अवधिका लागि विशेष अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरूले ८० प्रतिशतसम्म फाइनान्स सुविधा र एक्सचेन्जमा ३ लाखसम्मको टपअप प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

    यसै अवसरमा रिडाराले “ टेस्ट ड्राइभ फिल थ्रिल अल डे” क्याम्पेन पनि सञ्चालन गरिरहेको छ, जहाँ ग्राहकहरूले पूरै दिनको टेस्ट ड्राइभ मार्फत रिडारा ईभी पिकअप को प्रदर्शन, आराम र वास्तविक ड्राइभिङ अनुभव नजिकबाट अनुभूति गर्न सक्नेछन्।

    नेपालको विविध भौगोलिक बनावटलाई ध्यानमा राखेर डिजाइन गरिएको रिडारा ईभी पिकअप मा उच्च ग्राउन्ड क्लियरेन्स, फराकिलो इन्टेरियर र अत्याधुनिक इलेक्ट्रिक टेक्नोलोजी समावेश गरिएको छ ।

    रिडाराको २डब्ल्यूडी भेरियन्ट सहर र हाइवे ड्राइभका लागि स्मूथ र किफाइती छ भने ४डब्ल्यूडी भेरियन्ट ले कठिन भूभाग तथा अफ९रोड यात्रामा थप ट्र्याक्सन र नियन्त्रण सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

    यस अफर अन्तर्गत नगद छुट, १ वर्ष निःशुल्क रोड ट्याक्स, १ वर्ष निःशुल्क बीमा, सजिलो फाइनान्सिङ सुविधा तथा निश्चित एक्सचेन्ज भ्यालुएसन पनि समावेश गरिएको छ।

    प्रकाशित मिति :मंसिर २८ २०८२ आइतवार - १४:४७:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij