२०८२ पौष १ गते मंगलवार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदी घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा २२ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २२ सय रुपैयाँले बढेर तोलामा २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार प्रतितोला सुन २ लाख ५६ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।
साथै, आज चाँदीको मूल्यमा भारी गिरावट आएको छ । आज चाँदी तोलामा ६२५ रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा ३ हजार २८० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ३ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij