Logo

२०८२ पौष १ गते मंगलवार

२०८२ पौष १ गते मंगलवार

इजरायलमा चीनको इलेक्ट्रिक र हाइब्रिड कारको लोकप्रियता बढ्दै

इजरायलमा चीनको इलेक्ट्रिक र हाइब्रिड कारको लोकप्रियता बढ्दै


  • 1.1K
    Shares

    इजरायलमा चीनको इलेक्ट्रिक र हाइब्रिड कारको लोकप्रियता बढ्दै
    images

    काठमाडौं ।  चीनको गाडी निर्माता ‘जीली अटो’ले बिहीबार इजरायलमा आफ्नो पहिलो हाइब्रिड इन्धन कार सार्वजनिक गरेको छ । यसबारे जीलीको आधिकारिक आयातकर्ता ‘जियो मोबिलिटी’ ले जानकारी दिएको छ ।

    नयाँ मोडल जीली स्ट्रारी ईएम-आइ (चीनमा जीली ग्यालेक्सी स्टारशिप ७) प्लग–इन हाइब्रिड इन्धन कार हो । यसमा पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटर दुवै छन् । इलेक्ट्रिक मात्र चलाउँदा कारले ८३ किलोमिटर यात्रा गर्न सक्छ भने दुवै इन्धन प्रयोग गर्दा ९४३ किलोमिटर सम्म यात्रा गर्न सकिन्छ ।

    यो कार शून्यदेखि १०० किलोमिटर प्रतिघण्टा गति ८ सेकेन्डमा पुर्‍याउन सक्छ र अधिकतम गति १७० किलोमिटर प्रतिघण्टा छ ।

    जीली अटोले सन् २०२१ को अन्त्यमा इजरायल बजारमा प्रवेश गरेको थियो । जीलीको ब्रान्ड जिक्रका तीन इलेक्ट्रिक गाडी पनि इजरायलमा बिक्री हुँदै आएका छन् ।

    यस वर्षको पहिलो ११ महिनामा चीनले बनाएका गाडीहरूले इजरायलमा सबैभन्दा बढी बिक्री गरेको देखिएको छ । यसमा पेट्रोल, हाइब्रिड इन्धन र पूर्ण इलेक्ट्रिक गाडीहरू मिलाएर ९६ हजार २०८ गाडीहरू बिक्री भएका छन् ।

     

     

    प्रकाशित मिति :मंसिर २६ २०८२ शुक्रवार - १६:२७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij