Logo

२०८२ मंसिर २७ गते शनिवार

२०८२ मंसिर २७ गते शनिवार

जापानमा ६.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

जापानमा ६.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी


  • 1.3K
    Shares

    जापानमा ६.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
    images

    काठमाडौं । जापानमा ६.७ म्याग्निच्युडको भूकम्प आएको छ । भूकम्पपछि उत्तरी तटमा सुनामीको चेतावनी जारी गरिएको छ ।

    जापानका मौसमविद्हरूले भूकम्पका कारण समुद्र सतहमा उतारचढाव आइरहेको बताएका छन् । यद्यपि, अहिलेसम्म कुनै क्षति नभएको बताइएको छ ।

    जापानको मुख्य द्वीपको उत्तरी प्रान्त आओमोरी प्रिफेक्चरको तटका धेरै क्षेत्रबाट ६ हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । केही दिनअघि नै यही क्षेत्रमा ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा कम्तीमा ५० जना घाइते भएका थिए ।

    विज्ञहरूले आगामी ३० वर्षभित्र ठूलो भूकम्प आउने ६० देखि ९० प्रतिशत सम्भावना रहेको चेतावनी दिएका छन् । बीबीसी

    प्रकाशित मिति :मंसिर २६ २०८२ शुक्रवार - १५:१३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij