२०८२ पौष १ गते मंगलवार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रवार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ५ सय रुपैयाँले बढेको हो ।
आज सुनको मूल्य तोलामा २ लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला सुन २ लाख ५३ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।
साथै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १ सय रुपैयाँले बढेर ३ हजार ९०५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ३ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य लगातार बढेर उच्च रेकर्ड बनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij