Logo

२०८२ मंसिर २५ गते बिहिवार

२०८२ मंसिर २५ गते बिहिवार

म्यान्मारको साइबार ठगी केन्द्रबाट १४१ नेपालीको उद्धार

म्यान्मारको साइबार ठगी केन्द्रबाट १४१ नेपालीको उद्धार


  • 134
    Shares

    म्यान्मारको साइबार ठगी केन्द्रबाट १४१ नेपालीको उद्धार
    images

    काठमाडौँ । म्यान्मारको विभिन्न अवैध अनलाइन स्क्याम (साइबर ठगी) केन्द्रमा बन्धक बनाइएका १९७ जना नेपाली नागरिकको उद्धार गरिएको छ। थाइल्यान्डस्थित नेपाली राजदूतावासको सक्रियता र थाई सरकारको सहयोगमा उनीहरूलाई उद्धार गरिएको हो।

    उनीहरूलाई बुधबार नेपाल एयरलाइन्सको उडान आरए–४०२ मार्फत बैंकक हुँदै काठमाडौँ ल्याइँदै छ। उनीहरू म्यान्मारको म्यावडी क्षेत्रस्थित साइबर ठगी केन्द्रमा बन्धक थिए। उनीहरूले अनलाइन डेटिङ, क्यासिनो, फरेक्स ट्रेडिङ र क्रिप्टोकरेन्सी ठगीजस्ता अवैध काम गर्न बाध्य पारिएको बताएका छन्।

    उद्धार गरिएकामध्ये ४९ जिल्लाका ४७ पुरुष र २ जना महिला छन्। उद्धार गरिएकामध्ये चितवन, दैलेख, कास्की, काठमाडौँ, काभ्रे, पाल्पा, रामेछाप, रौतहट, सल्यान, सर्लाही, सिन्धुली, ताप्लेजुङ, तेह्रथुमका १/१ जना रहेको थाइल्यान्डस्थित नेपाली दूतावासले जनाएको छ।

    त्यस्तै दाङ, महोत्तरी, मोरङ, नवलपरासी, नुवाकोट, स्याङ्जा र तनहुँका २÷२ जना, धादिङ, गोरखा, रुपन्देही, सिन्धुपाल्चोक र उदयपुरका ३÷३ जना तथा झापा जिल्लाका पाँच जना रहेका छन्।

    उद्धार गरिएका नेपाली नागरिकको उमेर १७ वर्षदेखि ४१ सम्मको रहेका दूतावासले जनाएको छ। दूतवासले जनाएअनुसार उनीहरू १२ कक्षा पास गरेका तथा सूचना प्रविधिसम्बन्धी अध्ययन गरेका रहेका छन्। उनीहरू स्क्यामिङ केन्द्रहरूमा दुई महिनादेखि १८ महिनासम्म आवद्ध भएको पाइएको दूतावासले जनाएको छ।

    विभिन्न व्यक्ति तथा अनलाइन साथी, पवजीलगायतका अनलाइन गेम खेल्ने साथी, सामाजिक सञ्जालको विज्ञापनमार्फत म्यान्मार पुगेको दूतावासले जनाएको छ।

    कतिपय भारतमा अध्ययन गर्दाको साथीमार्फत, कोही दुबईमा अध्ययन गर्दा तथा काम गर्दा चिनजान भएको साथीमार्फत त्यहाँ पुगेको पाइएको छ। त्यस्तै ह्वाट्सएप, भाइबर, मेसेन्जरलगायतका सामाजिक सञ्जालबाटै काठमाडौँबाट थाइल्यान्डको बैंङकक, म्यान्मारका क्यासिनोमासमेत पुगेको बताइएको छ।

    परराष्ट्र मन्त्रालयले थाइल्यान्ड सरकारसँगको समन्वयमा अलपत्र परेकाहरूको उद्धार सुरू गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा ६८, २०८१/८२ मा १५६ र चालु आर्थिक वर्षमा हालसम्म १४१ जनाको उद्धार गरी नेपाल पठाइएको दूतावासले जनाएको छ।

    प्रकाशित मिति :मंसिर २४ २०८२ बुधवार - १९:३०:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij