Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

शेयर बजार २६०६ अंकमा झर्‍यो, पौन ४ अर्बकाे काराेबार

शेयर बजार २६०६ अंकमा झर्‍यो, पौन ४ अर्बकाे काराेबार


  • 1.2K
    Shares

    शेयर बजार २६०६ अंकमा झर्‍यो, पौन ४ अर्बकाे काराेबार
    images

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार शेयर बजार झिनो अंकले घटेको छ ।नेप्से परिसूचक ५.०३ अंकले घटेर २६०९ को विन्दुमा झरेको छ।

    यो दिन ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १६९ कम्पनीको शेयर मूल्य घटेको छ। आज ९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

    आज करिब पौन ४ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार श्रीनगर एग्रीटेकको भएको छ। यो कम्पनीको २६ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ।

    सबै सेक्टरका सूचक झरेका छन् । यद्यपि सबैको गिरावट दर १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.०५, विकास बैंक ०.२९, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.१३, हाइड्रोपावर ०.६६, लगानी ०.३२, जीवन बीमा ०.२१, उत्पादन तथा प्रशोधन ०.४२, माइक्रोफाइनान्स ०.२९, निर्जीवन बीमा ०.३५, अन्य ०.३९ तथा व्यापार ०.०२ प्रतिशत घटेको छ ।

    तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानल छन् । यीमध्ये एसवाई प्यानल आजैदेखि कारोबारमा आएको हो । त्यस्तै लक्ष्मी लघुवित्तको ८.७६, थ्रीस्टार हाइड्रोपावरको ७.१४ प्रतिशत मूल्य बढेको छ ।

    24 share.JPG

    प्रकाशित मिति :मंसिर २४ २०८२ बुधवार - १५:३४:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij