२०८२ मंसिर २४ गते बुधवार
काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार बजारमा सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार आज सुन प्रतितोला २ लाख ५२ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ५१ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य प्रतितोला एक सय ५० रूपैयाँले बढेको छ। हिजो ३ हजार ६ सय रूपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार सात सय ५० रूपैयाँमा कारोबारा भइरहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij