Logo

२०८२ मंसिर २४ गते बुधवार

२०८२ मंसिर २४ गते बुधवार

कांग्रेस सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा

कांग्रेस सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा


  • 498
    Shares

    कांग्रेस सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । बुधबार बिहान नेता भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    भण्डारीले ‘साथीहरूको जिज्ञासा मेरो धारणा’ भन्दै  लेखेका छन्, ‘नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित । तर देश जनता, प्रजातन्त्रको  हित र सङ्गठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु ।’ साथै उनले सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्न पर्ने बताएका छन् ।

    १४औं महाधिवेशनमा भण्डारी कांग्रेसमा इतर समूहको नेतृत्व गर्दै आएका नेता भण्डारी डा। शेखर कोइरालाको समूहबाट उपसभापतिका उम्मेदवार थिए । उपसभापतिको दौडमा १ हजार ५८० मत पाएर भण्डारी चौथो भएका थिए ।

    प्रकाशित मिति :मंसिर २४ २०८२ बुधवार - १०:२४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij