२०८२ मंसिर २४ गते बुधवार
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारत सरकारले एक हजारभन्दा बढी सवारी साधन दिने भएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भारत सरकारले चुनावी प्रयोजनका लागि एक हजार भन्दा बढी साना ढुला चार पाङ्ग्रे सवारी साधन दिने प्रतिबद्धता जनाएको बताएका छन् ।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने, ‘सवारी साधनहरू आयोगले सिधै लिने होइन, अर्थ मन्त्रालयमार्फत सहयोग आउने हो ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij