२०८२ मंसिर २४ गते बुधवार
काठमाडौं । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक गरिएका हुन् ।
यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन सम्बन्धमा दिपक सुवेदीको अध्यक्षतामा शरद अधिकारी र योगेन्द्र नाथ कर्माचार्य सदस्य रहेको जाँचबुझ आयोग गठन गर्ने निर्णय गरिएको सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेलले बताएका छन् ।
त्यस्तै २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको क्रममा आगलागीमा परी मृत्यु भएका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय गरिएको छ ।


© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij