Logo

२०८२ मंसिर २४ गते बुधवार

२०८२ मंसिर २४ गते बुधवार

देउवा अन्तिम पटक प्रतिनिधिसभाको उम्मेदवार बन्ने

देउवा अन्तिम पटक प्रतिनिधिसभाको उम्मेदवार बन्ने


  • 1.2K
    Shares

    देउवा अन्तिम पटक प्रतिनिधिसभाको उम्मेदवार बन्ने
    images

    काठमाडौं । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट उम्मेदवार बन्ने भएका छन् ।

    २०४८ सालदेखि अहिलेसम्म भएका प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचन लड्दै जित्दै आएका देउवाले अन्तिम पटकका लागि उम्मेदवार बन्ने तयारी गरेका हुन् ।

    कांग्रेसले मंसिर १५ गते मातहतका पार्टी नेपाली कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदले कांग्रेस नेता कार्यकर्ता र नागरिकको आकाङ्क्षा देउवा यो पटक निर्वाचन लडोस् भन्ने रहेको र त्यो जानकारी आफूहरूले उनलाई भेटेर गराएको बताएका छन् । 

    उम्मेदवार सिफारिस गर्न मंसिर २४ गते पार्टीको जिल्ला कार्यसमिति बैठक बस्ने र सभापति देउवाको नाम सिफारिस गर्ने तयारीमा आफूहरू रहेको साउदले बताएका छन् । 

    देउवा २०४८ सालमा गृहमन्त्री र ५ पटक प्रधानमन्त्री बनिसकेका छन् । 

    प्रकाशित मिति :मंसिर २३ २०८२ मंगलवार - १४:०५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij