२०८२ मंसिर २४ गते बुधवार
काठमाडौैँ । काठमाडौैँको तीनकुने घटनामा मृत्यु भएका पत्रकार सुरेस रजकलाई सहिद घोषणा गर्ने सरकारले निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए। गत चैत १५ गते राजावादीले गरेको आन्दोलनका क्रममा पत्रकार रजकको मृत्यु भएको थियो।
तीनकुनेस्थित भवनमा आन्दोलनकारीले आगो लगाएका थिए। आगलागी भएको भवनमा पत्रकार रजकको शव भेटिएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij