२०८२ मंसिर २४ गते बुधवार
काठमाडौं । श्रम संस्कृति पार्टीका सभापति एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले आफ्नै पार्टी चुनाव जित्ने र सरकार गठन गर्ने दाबी गरेका छन् ।
काठमाडौंको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले यस्तो बताएका हुन् । उक्त कुरा आफूहरूले घोषणापत्रमा नै लेखेको साम्पाङको भनाइ छ ।‘जेनजीको आन्दोलनमा भएको तर नबोलिएको एउटा सत्य के हो भने हाम्रो विचार अनुसारको राज्य पनि हुनुपर्छ भन्ने हो ।
त्यसकारण हामीले घोषणापत्रमै लेखेका छौं,’ साम्पाङले भने, ‘हामीले नै जित्छौं, कुनै शंका छ रु हामीले नै जित्छौं, हामीले नै सरकार गठन गर्छौं ।’ आफूहरूको नेतृत्वको सरकारले जेनजीको माग सम्बोधन गर्न आयोग बनाउने पनि उनले बताए ।
त्यसपछि जेनजीको एउटा आयोग बनाउँछौं । जेनजीले के भन्न चाहेको छ भन्ने बुझ्नुपर्यो नि । ८० वर्षको पुस्ता र हिजो अस्तिको युवा पुस्ताले भनेको कुरा बुझ्छ रु,’ साम्पाङले भनेका छन् । यो देशको अग्रगामी छलाङ मार्ने योजना आफ्नो पार्टीले ल्याउने उनको जिकिर थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij