Logo

२०८२ मंसिर २१ गते आइतवार

२०८२ मंसिर २१ गते आइतवार

धादिङको धुनीवेशी दुर्घटना अपडेटः घाइते २ जनाको मृत्यु

धादिङको धुनीवेशी दुर्घटना अपडेटः घाइते २ जनाको मृत्यु


  • 1.3K
    Shares

    धादिङको धुनीवेशी दुर्घटना अपडेटः घाइते २ जनाको मृत्यु
    images

    धादिङको धुनीवेशी नगरपालिका–६ चालिसेमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। 

    पृथ्वी राजमार्ग अन्तर्गतको सडक खण्डामा शनिबार अपराह्न सवा ४ बजे सात वटा सवारी साधन आपसमा ठोक्किएर एक थुप्रो भएका थिए। एउटा डिब्बा कन्टेनर, एउटा ट्रक, चार वटा बस र एउटा मोटरसाइकल दुर्घटनामा परेका थिए।

    त्यसमध्ये मोटरसाइकल चालक ५९ वर्षीय सेख अली एसको र अर्का एक जना पहिचान नखुलेका पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी प्रकाश दाहालले जानकारी दिए। सेख अलीले लु ९५ प ३०७ नम्बरको मोटरसाइकल चलाएका थिए। 

    डिएसपी दाहालका अनुसार हाल सो सडक एकतर्फी सञ्चालनमा छ। त्यस्तै ३५ जना घाइते भएका छन्। उनीहरूमध्ये केहीको उपचारपछि डिस्चार्ज गरिएको छ। काठमाडौंबाट जाँदै गरेको एनएल ०१ एबी ४६५४ नम्बरको डिब्बा कन्टेनरको ब्रेक फेल भएपछि त्यसले अरू सवारी साधनलाई ठक्कर दिएको थियो।

    दुर्घटनामा गजुरीतर्फ जाँदै गरेको  बा.प्र.००१ क ००११ नम्बरको स्कुल बस, विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ८५५१ नम्बरको बस, काठमाडौंबाट गजुरीतर्फ जादै गरेको ना ४ ख ७१५ नं.को ट्रक, सोही दिशातर्फ जादै गरेको लु ९५ प ३०७ नम्बरको मोटरसाइकल, सोही दिशातर्फ जाँदै गरेको जिजे ०३ एके ३२३१ नम्बरको बस,बिपरित दिशाबाट जाँदै गरेको बा १ प ९१७ नम्बरको पर्यटकीय बस एकै ठाउँमा ठोक्किएको हो।

    त्यतिबेला काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको एउटा डिब्बा कन्टेनरले सुरूमा बागमती प्रदेश ००१ क  ००११ नम्बरको स्कुल बसलाई ठक्कर दिएको थियो। 'उक्त डिब्बा कन्टेनरको ब्रेक फेल भएको र त्यसपछि त्यसले सोही दिशातर्फ जाँदै गरेको र विपरीत दिशाबाट आउँदै गरेको सवारी साधनलाई पनि ठक्कर दिएको रहेछ' डिएसपी दाहालले भने।

    प्रकाशित मिति :मंसिर २१ २०८२ आइतवार - ०५:५०:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij