'हेटौँडामा डोजर नचलाउन पटक–पटक अनुरोध गरेँ, नमानेपछि उज्यालो पार्टी छाडेँ' - Khabar Center
Logo

२०८२ फाल्गुण १९ गते मंगलवार

२०८२ फाल्गुण १९ गते मंगलवार

'हेटौँडामा डोजर नचलाउन पटक–पटक अनुरोध गरेँ, नमानेपछि उज्यालो पार्टी छाडेँ'

'हेटौँडामा डोजर नचलाउन पटक–पटक अनुरोध गरेँ, नमानेपछि उज्यालो पार्टी छाडेँ'


  • 2.8K
    Shares

    'हेटौँडामा डोजर नचलाउन पटक–पटक अनुरोध गरेँ, नमानेपछि उज्यालो पार्टी छाडेँ'

    उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा दिएकी छन्।

    हेटौँडा बजार विस्तार कार्यमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले साथ नदिएको भन्दै श्रेष्ठले केन्द्रीय सदस्यबाट राजीनामा दिएकी हुन्। मन्त्री घिसिङकै अगुवाइमा उज्यालो पार्टी बनको हो। 

    जनताको निजी निवास भत्काएर मानव अधिकार कुण्ठित गरिरहेको श्रेष्ठको भनाइ छ।

    सरकारले हटौँडामा सडक विस्तार गर्दा घरधनीलाई उचित मुआब्जा नदिई संरचना भत्काएपछि आक्रोशित भएकी उनले सामाजिक सञ्जालबाटै राजीनामाको घोषणा गरेकी हुन्।

    उनले भनिन्- "मैले उहाँलाई यो सडक विस्तार रोक्नका लागि पटक-पटक अनुरोध गरेको थिएँ। यसमा सहजीकरण गरिदिनोस् भनेको थिएँ। सरकारमै रहनुभएका उहाँलाई हामीले अनुरोध गरिरहँदा पनि हाम्रो मागलाई वास्ता गर्नुभएन। जुन दलमा रहेको मैले मेरै नेतालाई आग्रह गर्दा त नमान्ने भएपछि मेरो सिद्धान्त र उहाँको सिद्धान्त नमिलेको महसूस गरेँ। त्यसैले नैतिकताकै आधारमा राजीनामा दिने घोषणा गरेकी हुँ। अरु केही विवाद भएको छैन। मन नमिलेपछि जो कोहीले पनि बाटो त अवश्य बदल्छ।"

    प्रकाशित मिति :मंसिर २० २०८२ शनिवार - २०:०३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij