Logo

२०८२ मंसिर २१ गते आइतवार

२०८२ मंसिर २१ गते आइतवार

सर्वदलीय बैठकमा एमालेले भन्यो– अहिले विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था नगरौँ

सर्वदलीय बैठकमा एमालेले भन्यो– अहिले विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था नगरौँ


  • 1.2K
    Shares

    सर्वदलीय बैठकमा एमालेले भन्यो– अहिले विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था नगरौँ
    images

    काठमाडौं । नेकपा एमालेले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन नहुने ठोकुवा गरेको छ। शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वदलीय बैठकलाई एमाले महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन्।

    उनले ‘नहुने चुनावबारे छलफल गरेर किन समय खेर फाल्नु’ भन्दै प्रधानमन्त्रीलाई नै प्रश्न गरेका थिए। दलहरूलाई बाहिर निस्केर जनतासामु पुग्ने वातावरण बनाउन नसकेको सरकारले चुनाव गर्न नसक्ने उनको टिप्पणी थियो। केही समयअघि बाराको सिमरामा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतलाई पार्टीको कार्यक्रममा सहभागी हुनै नदिने गरी जेनजी प्रदर्शन गरिएकोबारे पनि उनले प्रश्न उठाए।

    ‘एमालेले सिमरा घटनाको प्रसङ्ग निकाल्दै कफ्र्यु लागेको र सुरक्षा निकायले पनि सरेन्डर गरेको भन्दै नहुने निर्वाचनको विषयमा किन छलफल गर्नुप¥यो भन्यो‚’ ती नेताले भने‚ ‘दलहरूले गतिविधि गर्न पाएका छैनन् । चुनावको वातावरण छैन अनि कसरी हुन्छ चुनाव भन्दै महासचिव पोखरेल बैठकमा बोले।’

    एमालेले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्थानहद तोक्ने विषयमा पनि कडा आपत्ति जनाएको थिया। ‘प्रमुख दलको अध्यक्षलाई स्थानहद तोकेर कस्तो निर्वाचन गर्न खोजेको होरु’ महासचिव पोखरेलको प्रश्न थियो।

    बैठकमा एमालेले विदेशबाट मतदान गर्ने विषयलाई पनि स्वीकार गर्न नसक्ने स्पष्ट पारेको छ। बाहिरी भोटिङको विश्वसनीयता र वैधता माथि एमालेले प्रश्न उठायो। महासचिव पोखरेलले अहिलेको चुनावमा विदेशबाट मतदान गर्ने विषय सम्भव नहुने बताएका थिए।

    प्रकाशित मिति :मंसिर २० २०८२ शनिवार - ०५:२९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij