Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

हङकङ आगलागीमा बचेको भवनका बासिन्दालाई सामान सार्न ९० मिनेटको समय

हङकङ आगलागीमा बचेको भवनका बासिन्दालाई सामान सार्न ९० मिनेटको समय


  • 1.6K
    Shares

    हङकङ आगलागीमा बचेको भवनका बासिन्दालाई सामान सार्न ९० मिनेटको समय
    images

    हङकङको ताईपोस्थित वाङफुक कोर्टमा आगलागीबाट बचेको भवनका बासिन्दालाई सामान सार्न ९० मिनेटको समय दिइने भएको छ।

    गत बुधबार यहाँका आठ वटा ब्लकमध्ये सात वटा आगलागीमा परेका थिए। उक्क ब्लकका बासिन्दालाई आफ्नो सामान सार्न बुधबार र बिहीबार भवन खुला गर्न लागिएको हो।

    बासिन्दालाई सामान सार्न निजामती कर्मचारीले सहयोग गर्ने छन्। दुई दिन खुल्ने भवनमा सामान संकलनका लागि एक परिवारले बढीमा ९० मिनेट समय पाउने अधिकारीहरूले बताएका छन्।

    न्यु टेरिटोरिज नर्थका क्षेत्रीय कमान्डर एमी लामले मंगलबारको पत्रकार सम्मेलनमा भनेको कुरालाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्ट लेख्छ, ‘भोलि र पर्सि बासिन्दालाई आफ्ना बहुमूल्य र व्यक्तिगत सामान सङ्कलन गर्न एक पटकको आधारमा घर फर्कने व्यवस्था गरिनेछ।’

    वाङचि हाउसका बासिन्दा आफ्नो सामान पुनःप्राप्तिको लागि घर फर्कन उत्सुक रहेको आफूहरूको बुझाइ रहेको समेत लामले उक्त अवसर बताएकी थिइन्।

    प्रकाशित मिति :मंसिर १७ २०८२ बुधवार - १३:४०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij