सामसङ नेपालको एनपीएल अफरः टेलिभिजनमा आकर्षक छुट र एक्सचेन्ज बोनस - Khabar Center
Logo

२०८२ फाल्गुण १९ गते मंगलवार

२०८२ फाल्गुण १९ गते मंगलवार

सामसङ नेपालको एनपीएल अफरः टेलिभिजनमा आकर्षक छुट र एक्सचेन्ज बोनस

सामसङ नेपालको एनपीएल अफरः टेलिभिजनमा आकर्षक छुट र एक्सचेन्ज बोनस


  • 841
    Shares

    सामसङ नेपालको एनपीएल अफरः टेलिभिजनमा आकर्षक छुट र एक्सचेन्ज बोनस

    काठमाडौं । सामसङ नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) सिजनलाई लक्षित गर्दै आफ्ना विभिन्न श्रेणीका टेलिभिजनमा आकर्षक छुट र एक्स्चेन्ज बोनस योजना घोषणा गरेको छ। यस योजना अन्तर्गत प्रिमियम क्यूएलईडी टीभीदेखि एचडी टीभीसम्मका मोडेलहरूमा ३३ प्रतिशतसम्म क्यासब्याक तथा ७ हजार रुपैयाँसम्म एक्स्चेन्ज बोनस उपलब्ध छ । जसले ग्राहकलाई आफ्नो घरको मनोरञ्जन अनुभव अपग्रेड गर्न उत्तम अवसर प्रदान गर्ने कम्पनीको दाबी छ।

    यो योजना नोभेम्बर २१ देखि डिसेम्बर ३१ सम्म देशभरका अधिकृत सामसङ विक्रेता स्टोरहरूमा उपलब्ध हुनेछ। ग्राहकहरूले नजिकैको सामसङ अधिकृत स्टोरमा गई अफरका विस्तृत विवरण थाहा पाउन सक्छन्।

    ‘८५ इन्चसम्मका ठूलो स्क्रिन, अत्याधुनिक पिक्चर क्वालिटी, र उन्नत स्मार्ट फिचरसहित, सामसङ टीभीले प्रत्येक खेललाई शानदार, स्पष्टता र आकर्षक विवरणसहित हेर्ने सुविधा प्रदान गर्छन्, जसले घरमै ‘स्टेडियमजस्तो’ अनुभव प्रदान गर्दछ’ कम्पनीले भनेको छ ।

    सामसङका नवीनतम एआई टीभी लाइनअप (क्यूएलईडी र यूएचडी) मा प्रयोगकर्ताको हेर्ने अनुभवलाई अझ उचाइमा पुर्‍याउने अत्याधुनिक फिचर समावेश छन् । सामसङले आफ्नो टी, ए, बी,सी,डी र एफ सिरिजका टीभीमा ३ वर्षको फुल वारेन्टी प्रदान गर्दै आएको छ ।

    साथै, सामसङ इन्स्टाफाइनान्स सेवा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटे द्वारा ग्राहकले सामसङ होम अप्लायन्समा शून्य प्रतिशत ब्याजदरमा सजिला ईएमआई विकल्प प्राप्त गर्न सक्छन् । प्रक्रिया झन्झटमुक्त रहेको र यसका लागि नागरिकता मात्रै भए पुग्ने कम्पनीले जनाएको छ ।

    साथै, नयाँ सामसङ टीभी वा होम अप्लायन्समा अपग्रेड गर्न चाहने ग्राहकले आर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्छन् ।

     

    प्रकाशित मिति :मंसिर १७ २०८२ बुधवार - ११:३१:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij