Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

सबै खबर एकै ठाउँमा

आज दिनभरको २३ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको २३ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 449
    Shares

    आज दिनभरको २३ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्
    images

    १. सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

    मंगलवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी, रत्न तथा आभूषण महसंघका अनुसार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो । सोमवार प्रतितोला २ लाख ५३ हजार ६ सय रुपैयाँमा कनिबेच भएको सुन मंगलवार घटेर २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ । महासंघकाअनुसार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

    २. सरकारद्वारा नेपाली सेनाका महासेनानीको राजीनामा स्वीकृत

    सरकारले कार्बन व्यापार नियमावली, २०८२ स्वीकृत गरेको छ । सोमवार बसेको मन्त्रीपरिषद्का बैठकले यो निर्णय गरेको हो । मंगलवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउनु हुँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले राष्ट्रिय आर्थिक गणना सञ्चालनसम्बन्धी प्रशासनिक तथा आर्थिक मापदण्ड, २०८२ स्वीकृत गर्ने निर्णय गरेको बताउनु भयो ।

    ३. देशको अवस्था नाजुक छः पत्रकार एवं राजनीतिज्ञ कार्की

    पत्रकार एवं राजनीतिज्ञ मधु कार्कीले देशको अवस्था नाजुक रहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयवस्तुबारे आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको अवस्था जनताले चाहेको जस्तो अझै नरहेको बताउनु भयो । युवाले चाहेको सपना अझै पूरा हुन नसकेको उहाँको भनाइ छ । विगतको नेपालको राजनीतिले देश, जनता र युवालाई छुन नसक्दा गत भदौ २३ रु २४ गतेको आन्दोलन भएको बताउनु भयो । तर आन्दोलनले पनि राष्ट्रका लागि केही गर्न नसकेको उल्लेख गर्नुभयो । 

    ४. ‘डिजिटल पर्यटन प्रवद्र्धनका लागि काठमाडौंमा एआई तालिम’

    नेपालमा डिजिटल प्रविधिको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘डिजिटल टुरिजम प्रमोशन एण्ड एआई ट्रेनिङ फर ट्रेकिङ एजेन्सी अपरेटर’ शिर्षकको चारदिने तालिम शुुरु भएको छ । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) को आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सस्टेनेबल टुरिजम प्रोजेक्टको सहकार्यमा सञ्चालित यो तालिम काठमाडौंको एक होटलमा शुरु भएको हो । 

    ५. जितका लागि पर्याप्त लक्ष्य थियोः चितवनका डेविड मालन

    पाँचौं खेलमा तेस्रो हारपछि चितवन राइनोजका डेविड मालनले जितका लागि लक्ष्य पर्याप्त भएपनि दोस्रो इनिङमा राम्रो गर्न नसक्दा हार व्यहोरेको बताएका छन् । चितवनले राम्रो लक्ष्य प्रश्तुत गरे पनि बलिङमा साथ नपाउँदा जनकपुर बोल्ट्ससँग हार सामना गर्नुपरेको थियो । खेलपछि पत्रकार सम्मेलनमा मालनले आजको खेलमा ओपनिङ साझेदारी परिवर्तन गर्ने निर्णय सही भएपनि दोस्रो इनिङमा राम्रो गर्न नसकेको बताए । विदेशी खेलाडीबाट सबैले आशा गरेअनुरुप रवि बोपाराले पछिल्ला खेलहरूमा राम्रो प्रदर्शन गरेको उनले उल्लेख गरे । उनले आज आफ्नो पनि राम्रो  प्रदर्शन गर्न आउँदा खुशी लागेको बताए । आगामी दुई खेल जित्दा प्लेअफ पुग्ने सम्भावना रहेको उनले बताए । आगामी खेलमा जित निकाल्न मेहनत गर्ने उनले उल्लेख गरे ।

    ६. जनकपुर बोल्ट्सको पाँचौं खेलमा पहिलो जित

    माज सदाकतको अलराउण्ड प्रदर्शनमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा पहिलो जित निकालेको छ  । कीर्तिपुरमा आफ्नो पाँचौं खेलमा जनकपुरले मंगलबार चितवन राइनोजमाथि चार विकेटको जितसँगै दोस्रो सिजनमा पहिलो सफलता आत्मसात् ग¥यो । सदाकत बलिङसँगै ब्याटिङमा पनि चम्किएपछि जनकपुरले पहिलो जित निकालेको हो । पाँचौं खेलमा चौथो हार सामना गरेपछि चितवनले प्लेफमा बलियो दाबेदारी दिने अवसर गुमाएको छ । 

    ७. इण्डोनेसियामा बाढी र पहिरोमा ६०४ जनाको मृत्यु

    इण्डोनेसियाको सुमात्रा टापुका तीन प्रान्तमा हालै आएको बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ६०४ पुगेको छ । अन्य ४६४ जना बेपत्ता भएको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीले जनाएको छ । प्रभावित क्षेत्रहरूमा उद्धार कार्य पूर्ण गतिमा जारी रहेको एजेन्सीले जनाएको छ । एजेन्सीले बाढीले उत्तरी सुमात्रा, पश्चिम सुमात्रा र आचे प्रान्तहरूमा लगभग ५ लाख ७० हजार मानिसहरूलाई विस्थापित गरेको रिपोर्ट गरेको छ । सडकमा क्षति र सञ्चार सञ्जालमा अवरोधका कारण केही प्रभावित क्षेत्रहरू पहुँचयोग्य छैनन्, राहत सामग्रीहरू मुख्यतया हवाई मार्गबाट पु¥याइँदैछ ।

    ८. टर्कीको अर्थतन्त्र ३.७ प्रतिशतले बढ्यो

    टर्की तथ्याङ्क संस्थानले सोमवार जारी गरेको तथ्याङ्कअनुसार दोस्रो त्रैमासिकमा ४.९ प्रतिशत र पहिलोमा २.५ प्रतिशतले वृद्धि भएपछि तेस्रो त्रैमासिकमा टर्कीको अर्थतन्त्र वार्षिक रूपमा ३.७ प्रतिशतले बढेको छ । अर्थमन्त्री मेहमेट सिमसेकले अन्तिम त्रैमासिकमा वृद्धि मध्यम रहने र मध्यम–अवधि कार्यक्रमको २०२५ को ३.३ प्रतिशत वास्तविक जीडीपी वृद्धिको लक्ष्यभन्दा अलि बढी हुने अपेक्षा गरिएको बताउनु भयो । अधिक अनुकूल वित्तीय अवस्था र सहयोगी विश्वव्यापी वातावरणले २०२६ मा बलियो आर्थिक गतिविधि निम्त्याउनेछ । 

    ९.ब्ल्याक सागरमा व्यावसायिक ट्याङ्करहरूमाथिको आक्रमणलाई माफ गर्न सकिँदैनः टर्की

    टर्कीको कालो सागर तटमा व्यावसायिक ट्याङ्करहरूमाथि हालै भएका आक्रमणहरूलाई कुनैपनि हिसावले माफ गर्न नसकिने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले चेतावनी दिनुभएको छ । टर्कीको विशेष आर्थिक क्षेत्रभित्र भएका आक्रमणहरूले रूस–युक्रेन द्वन्द्वको खतरनाक वृद्धिलाई संकेत गर्दछ । जसले कालो सागरमा नेभिगेसनल सुरक्षालाई स्पष्ट रूपमा खतरामा पार्छ । 

    १०. भारतको तमिलनाडुमा चक्रवात डिट्वाबाट ३ जनाको मृत्यु

    दक्षिणी भारतीय राज्य तमिलनाडुमा चक्रवात डिट्वाहले गर्दा भएको वर्षासँग सम्बन्धित घटनामा कम्तिमा तीन जनाको मृत्यु भएको छ । लगभग १५० गाईवस्तु मरेका छन् । वर्षाले २०० भन्दा बढी घर र झुपडीहरूमा क्षति पु¥याएको छ । राज्यको ५६ हजार हेक्टर खेतीयोग्य जमिन डुबानमा पारेको छ । स्थानीय अधिकारीहरूकाअनुसार भारी वर्षाको पूर्वानुमान गरिएका जिल्लाहरूमा ३८ राहत शिविरहरू स्थापना गरिएको छ । यसैबीच, राज्य विपद् प्रतिक्रिया बल र राष्ट्रिय विपद् प्रतिक्रिया बलका २८ टोलीहरू खटाइएको छ । 

    ११. मङ्गोलियामा अर्गाली भेडाको संख्या ३६ सय पुग्यो

    विश्व वन्यजन्तु कोष मङ्गोलियाकाअनुसार पश्चिमी मङ्गोलियामा लोपोन्मुख प्रजातिको मङ्गोलियन अर्गाली भेडाको कुल संख्या बढेर ३ हजार ६ सय पुगेको छ । मङ्गोलियाको रूससँगको पश्चिमी सिमानामा बस्ने जंगली भेडाको प्रजाति अर्गाली भेडाको गणना २०२३ देखि यस वर्ष अक्टोबरसम्म मङ्गोलियाली प्रान्त बायान–उल्गी र उभ्समा गरिएको थियो । कानून प्रवर्तन, बासस्थान व्यवस्थापन, रोग रोकथाम र सामुदायिक संलग्नता जस्ता वातावरणीय र मानव प्रभावहरूको प्रभावलाई कम गर्न हालैका संरक्षण प्रयासहरूले मङ्गोलियामा अर्गाली जनसंख्यामा वृद्धि गर्न योगदान पु¥याएको छ । 

    १२. रूसी सेनाद्वारा क्रास्नोआर्मेस्क भोल्चान्स्क नियन्त्रणमा

    रूसी सेनाले डोनेट्स्क क्षेत्रको क्रास्नोआर्मेस्क र खार्कोभ क्षेत्रको भोल्चान्स्क नियन्त्रणमा लिएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यसबारे जानकारी समेत गराइएको छ । राष्ट्रपतिले रूसी सशस्त्र बलका प्रमुख भ्यालेरी गेरासिमोभ, केन्द्र बलका कमाण्डर भ्यालेरी सोलोदचुक र पूर्वी बलका कमाण्डर आन्द्रेई इवानायेभबाट प्रतिवेदन प्राप्त गर्नुभएको छ । आफ्नो प्रतिवेदनमा गेरासिमोभले क्रास्नोआर्मेस्क र भोल्चान्स्क कब्जाको घोषणा गर्नुभयो । 

    १३. प्रतिनिधि सभा नभएको बेला राष्ट्रिय सभा बैठक बोलाउनुको औचित्य के ? 

    भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको नागरिक सरकारले प्रतिनिधि सभा विघटन गरेपछि हाल संघीय संसदको राष्ट्रिय सभा मात्रै जीवित रहेको छ । 
    प्रधानमन्त्रीमा नियुक्त भएसँगै प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो भने राष्ट्रिय सभाको संसद बैठक अन्त्य गर्नुभएको थियो । राष्ट्रिय सभालाई स्थायी सदन भनिन्छ । स्थायी सदन भएकोले यसको बैठक बोलाउनको लागि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको दौडधुप चलेको छ । पहल गरिरहनुभएको समाचार पनि आइरहेका छन् । यता सरकार बैठक बोलाउन सकरात्मक देखिएपनि बोलाएको भने छैन ।

    १४. मंसिर १७ देखि पाटनमा हस्तकला प्रदर्शनी हुने

    नेपाल हस्तकला महासंघले हस्तकला प्रदर्शनी आयोजना गर्न लागेको छ । महासंघले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी मंसिर १७ गतेदेखी २१ गतेसम्म प्रदर्शनी आयोजना गर्न लागेको जानकारी दिएको हो । ललितपुर महानगरपालिकाको सहयोगमा कला तथा संस्कृति महोत्सवको अवसरमा प्रदर्शनी गर्न लागिएको महासंघका अध्यक्ष रविन्द्र शाक्यले जानकारी दिनुभयो । नेपाली कला र संस्कृतिको परिचायकको रूपमा रहेका हस्तकला वस्तुको प्रचारप्रसार एवं प्रवद्र्धन गर्ने उद्देश्यबाट पाटन दरवार स्क्वायर क्षेत्र र पाटन संग्रहालय परिसरमा हस्तकला प्रदर्शनी आयोजना गरिने उहाँले बताउनु भयो । उहाँले हस्तकला क्षेत्रले धेरै रोजगारी दिएको र राजस्व संकलनमा पनि ठूलो योगदान दिएको उल्लेख गर्नुभयो ।

    १५. लुम्बिनीमा तेस्रो संस्करणको विश्व शान्ति कार्यक्रमः फच्र्युन जेनेरेसनका २५ जना विश्वप्रसिद्ध अर्बपति आउँदै

    लुम्बिनीमा तेस्रो संस्करणको विश्व शान्ति कार्यक्रम हुने भएको छ । ‘समृद्ध भविष्यका लागि शान्ति’ भन्ने मूल नारासहित विश्व शान्ति कार्यक्रम–३ आगामी डिसेम्बर १० देखि १३ सम्म बुद्ध जन्मस्थल लुम्बिनी र रामग्राममा हुन लागेको हो । आयोजक संस्था द प्रामिज्ड ल्याण्ड फाउण्डेसनले मंगलवार पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी गराएको छ । नेपाल पर्यटन बोर्ड, नेपाल वल्र्ड यूथ फेडरेशन, लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष र काठमाडौं विश्वविद्यालयको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागिएको हो । आयोजक संस्थाका प्रमुख निकेश अधिकारीकाअनुसार कार्यक्रममा १० हजार भन्दा बढी सहभागी उपस्थित हुनेछन् । 

    १६. प्रश्तावित चलचित्रसम्बन्धी विधेयकप्रति सरोकारवालाहरु असन्तुष्ट, व्यापक परिमार्जन गर्न सुझाव

    प्रश्तावित चलचित्रसम्बन्धी विधेयकमा चलचित्रकर्मी तथा सरोकारवालाहरूले असन्तुष्टि जनाएका छन् । मंगलवार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा विधेयकमाथिको छलफलमा बोल्दै चलचित्र क्षेत्रका संघ–संस्था तथा सरोकारवालाले तत्कालीन सरकारले प्रश्ताव गरेको विधेयकलाई परिवेश, उद्देश्य र आगामी प्रभावसम्बन्धी ठोस समीक्षा नगरी अघि बढाउन खोजिएको भन्दै आपत्ति जनाए । बैठकमा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले सरोकारवालाहरुले दिएको सुझावहरुका आधारमा विधेयकलाई परिमार्जन गरेर अगाडि बढाउन माग गर्नुभयो । 

    १७. वचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितको प्रदर्शन प्रदर्शलाई जारी

    सहकारी पीडितहरुले आफ्नो वचत रकम फिर्ताको माग गर्दै मंगलवार पनि प्रदर्शलाई जारी राखेका छन् । सहकारी पीडितहरुसँग विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्दै वचत रकम फिर्ता गर्न माग गर्दै पीडितहरुले मंगलवार पनि समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयको अगाडि बुद्धनगरमा प्रदर्शन गरिरहेका छन् । सहकारीमा जम्मा गरेको वचत फिर्ता पाउनुपर्ने, सहकारी वचत हिनामिना गर्नेलाई कारबाही गर्नुपर्ने तथा तत्कालीन सरकारले गरेका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ ।

    १८. कार्तिकको वर्षातले कृषिमा २ अर्ब ९१ करोड बराबरको क्षति, सात प्रतिशत धान उत्पादन घट्ने

    कार्तिकमा आएको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानबाट कृषि क्षेत्रमा करिव २ अर्व ९१ करोड बराबरको क्षति भएको अध्ययनले देखाएको छ । गत कार्तिक १५, १६ र १७ गते अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण कृषि क्षेत्रमा करिव २ अर्व ९१ करोड बराबरको क्षति भएको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले तयार पारेको स्थलगत अध्ययनले सबैभन्दा बढी क्षति धानबालीमा भएको देखाएको छ । 

    १९. पार्टीको एघारौँ महाधिवेशनमार्फत जनता एमालेको पक्षमा छ भन्ने सन्देश दिन चाहन्छौः शंकर पोखरेल

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको एघारौँ महाधिवेशनको उदघाटन सभामा सहभागी हुने सबैलाई आह्वान गर्नुभएको छ । मंगलवार पार्टी मुख्यालय च्यासलमा पार्टीको वन तथा वातावरण विभागले मंगलवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो आह्वान गर्नुभएको हो । एमाले सो महाधिवेशनको उद्घाटन कार्यक्रम भक्तपुरका सल्लाघारीस्थित तीनकुनेमा आगामी मंसिर २७ गते हुँदैछ । सो सभालाई एमालेले प्रतिगमन विरुद्धको संघर्षको उत्कर्ष र उत्सवको रुपमा मनाउन चाहेको महासचिव पोखरेलको भनाई थियो । 

    २०. “जनआन्दोलनको बलमा बनेको सरकारमै अनियमितताको छायाँ” – मदनकृष्ण शर्मा

    ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष मदनकृष्ण शर्माले सुशासनको नारा दिएर बनेको वर्तमान अन्तरिम सरकारले पनि भ्रष्टाचार निवारणको प्रमुख निकाय राष्ट्रिय शतर्कता केन्द्रलाई पूर्ण रूपमा बेवास्ता गरेको आरोप लगाउनुभएको छ । शर्माले संवैधानिक आयोगहरू चरम राजनीतिकरणको शिकार भएको र पुराना शक्तिले नियुक्त गरेका विश्वासपात्रहरू अझै पदमा रहेका कारण सुशासनको प्रयास असफल बनेको बताउनु भयो । उहाँले सरकारमै देखिएका महिला सम्बन्धी प्रकरण, महान्यायाधिवक्ता प्रकरण र प्रधानमन्त्री सचिवालयको परिवारवादका आरोपलाई गम्भीर रूपमा लिएको र तत्काल स्वतन्त्र छानबिन हुनुपर्ने माग गर्नुभयो । 

    २१. धमाधम ठेक्का तोड्दै सरकार, निर्माण व्यवसायी रुष्ट

    ता दिएको छ । सडक विभागले मात्रै अहिले विभिन्न डिभिजन, योजना कार्यालयमार्फत २ सय २९ वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको छ । यि ठेक्कामा निर्माण व्यवसायीहरूसँग समयमै काम नसकिनुको कारण पेश गर्न सार्वजनिक आह्वान गरिएको छ । सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता श्यामबहादुर खड्काले सडक डिभिजन काठमाडौंअन्तर्गतका २५ सहित ३८ वटा ठेक्का तोडिएको जानकारी दिनुभयो । उहाँकाअनुसार अलपत्र ठेक्का किन नतोड्ने ? भन्ने शिर्षकमा सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित ठेकेदारलाई १५ दिनभित्र स्पष्टिकरण दिन आह्वान गरिने गरिएको छ ।

    २३. वैदेशिक रोजगार ऐन संशोधन गर्न माग 

    प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालले वैदेशिक रोजगार ऐन २०६४ तथा संशोधित ऐन, २०७५ लाई संशोधन गर्न माग गरेको छ । मञ्त्रले संशोधित ऐनमा ‘गन्तव्य मुलुकको नेपाली कुटनीतिक नियोगबाट प्रमाणित मागपत्र र अख्तियारीको सक्कल प्रति पेश गर्नु अनिवार्य’ भन्ने कानूनी व्यवस्थाको कारण प्रशासनिक प्रक्रियाले श्रमिक तथा वैदेशिक रोजगार सेवा प्रदायक दुवै पक्षलाई प्रत्यक्ष असर परेको भन्दै प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले तात्कालिक हस्तक्षेपको माग गरेको छ । 

    प्रकाशित मिति :मंसिर १६ २०८२ मंगलवार - १९:०९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij