Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

एमाले महाधिवेशनको उद्घाटन सत्रमा कोही विदेशी नआउने

एमाले महाधिवेशनको उद्घाटन सत्रमा कोही विदेशी नआउने


  • 295
    Shares

    एमाले महाधिवेशनको उद्घाटन सत्रमा कोही विदेशी नआउने
    images

    काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा विदेशका राजनीतिक दलका प्रतिनिधिहरु सहभागी नहुने भएका छन् ।

    छोटो समयमा नै महाधिवेशन गर्नुपरेकाले यसपटक विदेशका मैत्री तथा भाइचारा सम्बन्ध भएका राजनीतिक दललाई नबोलाउने निर्णय भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

    “महाधिवेशनको समय छोटो समयमा नै तोक्यौँ । समय कम भएकाले उहाँहरुलाई नबोलाउने निर्णय गरेका हौँ,” उनले भने, “महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना सन्देशमा भने आउने छ ।”

    यसअघि एमालेले चीन, भारत, भियतनामलगायत मैत्री तथा भाइचारा सम्बन्ध भएका करिब ५० राजनीतिक दललाई महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रुपमा बोलाउने गरेको थियो । एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ ।

     

    प्रकाशित मिति :मंसिर १६ २०८२ मंगलवार - १५:४९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij