२०८२ मंसिर १६ गते मंगलवार
काठमाडौं । सहकारी पीडितहरुले आफ्नो बचत रकम फिर्ताको माग गर्दै मंगलवार पनि प्रदर्शलाई जारी राखेका छन् ।
सहकारी पीडितहरुसँग विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्दै बचत रकम फिर्ता गर्न माग गर्दै पीडितहरुले मंगलवार पनि समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयको अगाडि बुद्धनगरमा प्रदर्शन गरिरहेका छन् । सहकारीमा जम्मा गरेको वचत फिर्ता पाउनुपर्ने, सहकारी वचत हिनामिना गर्नेलाई कारबाही गर्नुपर्ने तथा तत्कालीन सरकारले गरेका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ ।
सरकारले पटक-पटक वार्ता गरेता पनि आफूहरुको माग पूरा नगरेको उनीहरुको गुनासो छ । प्रदर्शनमा सहभागीहरुले ‘सहकारी पीडितलाई न्याय दे’, ‘वचतकर्ताको सम्पूर्ण बचत फिर्ता गर्ने जिम्मेवारी सरकारको हो’, ‘भ्रष्टाचारमुक्त नेपाल निर्माण गरौं’, ‘सम्पूर्ण पीडितको बचत फिर्ताको जिम्मा सरकारले लिनुपर्छ’, ‘सरकार समस्याग्रस्तमा राजनीतिक नियुक्तिको आवरणमा दलाली गर्ने कर्मचारीलाई कारबाही खैरु’ जस्ता नारा लेखेका प्लेकार्डहरु बोकेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij