२०८२ मंसिर १६ गते मंगलवार
काठमाडौं । बीमा अभिकर्ताको इजाजतपत्र नवीकरणका प्रावधानमा आवाज उठेपछि नेपाल बीमा प्राधिकरणले ५ बुँदे निर्देशन जारी गरेको छ।
प्राधिकरणले सम्पूर्ण इजाजतपत्र प्राप्त बीमकहरुका नाममा परिपत्र जारी गर्दै बीमा अभिकर्ताको इजाजतपत्र नवीकरणका लागि उक्त ५ बुँदे निर्देशन कार्यान्वयन गर्न निर्देशन दिएको हो। प्राधिकरणको मंसिर १५ गतेको निर्णयअनुसार यो निर्देशन जारी भएको छ।
बीमा प्राधिकरणबाट अनलाइन प्रणालीमार्फत अभिकर्ता इजाजतपत्र नवीकरण गराएका पहिलो अभिकर्ताको तीनवर्षे इजाजत अवधि यही मंसिर १८ गतेदेखि सकिँदैछ।
प्राधिकरणले तीनवर्षे अवधि तोकेर २०७९ मंसिर १९ गतेदेखि अभिकर्ता इजाजतपत्र नवीकरण गर्ने वा नयाँ इजाजतपत्र जारी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो।
नेपाल बीमा प्राधिकरणले म्याद सकिएको ३ महिनाभित्र नविकरण नगरे अभिकर्ताको लाइसेन्स खारेज हुने व्यवस्था गरेको छ । प्राधिकरणले बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण सम्बन्धी निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij