Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

यूपी बस आगलागी अपडेट : अधिकांश यात्रु बुटवलका, दुई नेपालीको मृत्यु,अरु अस्पताल भर्ना

यूपी बस आगलागी अपडेट : अधिकांश यात्रु बुटवलका, दुई नेपालीको मृत्यु,अरु अस्पताल भर्ना


  • 442
    Shares

    यूपी बस आगलागी अपडेट : अधिकांश यात्रु बुटवलका, दुई नेपालीको मृत्यु,अरु अस्पताल भर्ना
    images

    काठमाडौं । सोमबार मध्यराति भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा बसमा भीषण आगलागी भयो । भारत–नेपाल सीमा सुनौलीबाट दिल्लीतर्फ जाँदै गरको यूपी२२एटी ०२४५ को निजी बसमा कुल ४५ यात्रु सवार थिए ।

    बसमा यात्रा गर्ने अधिकांश यात्रुको ठेगानामा ‘बुटवल’ उल्लेख रहेको पाइएको छ । भारतको उत्तर प्रदेशमा बसमा आगलागी हुँदा घाइते भएकामध्ये दुई जना नेपालीको मृत्यु भएको छ । 

    “स्थानीय प्रशासनले दुई जना नेपालीको मृत्यु भएको हामीलाई जानकारी दिएको छ,” भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासका मिनिस्टर काउन्सिलर अम्बिका जोशीले जानकारी दिए ।

    सूचीअनुसार घाइने हुनेहरूमा शिवबहादुर परियार (गुल्मी, तम्घास), पूर्णिमा परियार, कृष्णबहादुर (कावासोती), विष्णुबहादुर, अनिलबहादुर, सरस्वती, दिवाकर न्यौपाने (बुटवल) रहेका छन् । 

    त्यसैगरी, दिया योगी (बुटवल), विशाल गुरुङ (गुल्मी, तम्घास), लालबहादुर (छत्रकोट, गुल्मी), उसा (गुल्मी) छन् । साथै, सुबोध अर्याल (स्याङ्जा), कमलबहादुर पौडेल (मोरङ), भुवन, छन् ।

    घाइते हुनेमा ओमबहादुर (पाल्पा), वसन्त सर्तुंगी (तम्घास, गुल्मी), सोनाम (बुटवल), अनिसा (बुटवल), गुनबहादुर (गुल्मी), बोधबहादुर (सुनवल, नवलपरासी) र धनकुमारी छन् । 

    प्रकाशित मिति :मंसिर १६ २०८२ मंगलवार - १२:४१:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij