Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

दुई निर्माण कम्पनी तीन वर्षका लागि कालोसूचीमा

दुई निर्माण कम्पनी तीन वर्षका लागि कालोसूचीमा


  • 218
    Shares

    दुई निर्माण कम्पनी तीन वर्षका लागि कालोसूचीमा
    images

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई निर्माण तथा आपूर्ति कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ । 

    जनता तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्बर २ जलेश्वर महोत्तरीको सिफारिसमा पुष्प हेम कन्स्ट्रक्सन प्रालि तीन वर्षका लागि कालोसूचीमा परेको छ । यसैगरी  हेलम्बु गाउँपालिकाको कार्यालय सिन्धुपाल्चोकको सिफारिसमा कौशिल बस्नेत निर्माण सेवा प्रालिलाई कालोसूचीमा राखिएको कार्यालयले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । 

    पुष्प हेम कन्स्ट्रक्सन प्रालिका मुख्य व्यवक्तिी धनुषाका मुरारी घिमिरे हुन् भने कौशिल बस्नेत निर्माण सेवा प्रालिका मुख्य व्यक्ति भक्तबहादुर बस्नेत हुन् । 

    कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १  बमोजिम उक्त निर्माण व्यवसायी\आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जनाएको छ । कालोसूचीमा परेका निर्माण व्यवसायीरआपूर्तिकताले कालोसूचीको अवधिभर कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

    black.png

    प्रकाशित मिति :मंसिर १६ २०८२ मंगलवार - १२:०३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij