२०८२ मंसिर १६ गते मंगलवार
काठमाडौं । भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा बसमा भीषण आगलागी भएको छ । आगलागीमा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ ।
ट्रकले बसलाई ठक्कर दिँदा आगलागी भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । बस घिस्रिँदै १०० मिटर पर पुगेर हाइटेन्सन लाइनको खम्बामा ठोक्किएपछि खम्बा बसमाथि खसेको थियो ।
यूपी२२एटी ०२४५ नम्बरको बस भारत–नेपाल सीमा सुनौलीबाट दिल्लीतर्फ जाँदै थियो । कुल ४५ यात्रु सवार बसमा धेरैजसो नेपाली थिए । घटनापछि बसचालक र सहचालकबारे कुनै जानकारी प्राप्त नभएको बताइएको छ ।
आगलागीपछि बसभित्र फसेका यात्रु ज्यान बचाउन सिसा फुटाएर हामफालेका थिए । बाहिर निस्किएका यात्रुले प्रहरीलाई खबर गरेपछि फायर ब्रिगेडको टोली पुगेको थियो । उनीहरूले फसेका यात्रुलाई उद्धार गर्न र आगो निभाउन सुरु गरे ।
घाइतेलाई उपचारका लागि एम्बुलेन्समार्फत बहराइच मेडिकल कलेज रेफर गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार अधिकांश यात्रु बसबाहिर थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij