Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

जीवन बीमकको कुल बीमाशुल्क आर्जन १६ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति?

जीवन बीमकको कुल बीमाशुल्क आर्जन १६ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति?


  • 799
    Shares

    • images
    जीवन बीमकको कुल बीमाशुल्क आर्जन १६ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति?

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो ४ महिनासम्म जीवन बीमा कम्पनीहरुले ६२ अर्ब रुपैयाँको व्यापार भित्र्याएका छन्। 

    नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमाले कात्तिकसम्म ६२ अर्ब २१ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। अघिल्लो वर्षको तुलनामा कम्पनीहरुको व्यापार १६.५३ प्रतिशतले बढेको छ।

    चालु आर्थिक वर्षको कात्तिकसम्म नेपाल लाइफले १७ अर्ब ९२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार १०.३८ प्रतिशतले बढेको छ। यसैगरी नेसनल लाइफ कम्पनीले कात्तिकसम्म ७ अर्ब ४७ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार १६.०९ प्रतिशतले बढेको छ।

    लाइफ इन्स्योरेन्स कर्पोरेसनले कात्तिकसम्म कम्पनीले ६ अर्ब ५ करोड ६७ लाख रुपैयाँ, हिमालयन लाइफले ५ अर्ब ६४ करोड ७ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ३ करोड ९३ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ३ अर्ब ६४ करोड ५ लाख रुपैयाँ, एसियन लाइफले २ अर्ब ९९ करोड ५० लाख रुपैयाँ र सिटिजन लाइफले २ अर्ब ६६ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। 

    सानिमा रिलायन्स लाइफले २ अर्ब २८ करोड १६ लाख रुपैयाँ, मेटलाइफले २ अर्ब ९ करोड ४१ लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब ९४ करोड ५४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ८५ करोड ८८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ८० करोड ४३ लाख रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ३० करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। 

    प्रकाशित मिति :मंसिर १५ २०८२ सोमवार - १३:४४:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij