Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु


  • 8.5K
    Shares

    मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

    काठमाडौं । धनुषाको हंसपुर नगरपालिका-५, बेल्हीमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री स्थानीय ७० वर्षीय जोगी यादव रहेका छन् ।

    मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । 

    बेल्हीबाट सुगानिकासतर्फ जाँदै गरेको ज ९ प ५९९१ नम्बरको मोटरसाइकलले हिजो बेलुकी सवा ७ बजे बाटोमा हिँड्दै गरेका उनलाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक फरार भएकाले खोजी भइरहेको अस्थायी प्रहरी पोष्ट बेल्ही धनुषाले जनाएको छ ।

     

    प्रकाशित मिति :मंसिर १९ २०७७ शुक्रवार - १२:३६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij