२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । नेपालका लागि लीपमोटर, सिट्रोन र प्यूजो आधिकारिक विक्रेता सांग्रिला मोटर्स प्रालिले विशेष एक्सचेन्ज क्याम्पहरू आयोजना गर्ने भएको छ । यही मंसिर १४ गतेदेखि मंसिर २१ गतेसम्म एक साता कम्पनी लीपमोटर र सिट्रोनका दुई विशेष एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको हो ।
नेपालभरका सम्बन्धित शोरूममा यस्तो क्याम्प सञ्चालनमा रहने सांग्रिला मोटर्सले जनाएको छ । लीपमोटर ‘एक्सचेन्ज विथ द बेस्ट’ क्याम्पले ग्राहकलाई उनीहरूको लागि उपयुक्त हुने १०\१० वटा कार चलाउने अवसर प्रदान गर्नेछ । नगद छुट, एक्सचेन्ज बोनस, निस्शुल्क रोड ट्याक्स र दर्ताको सुविधा समेत प्रदान गर्नेछ । २.२ किलोवाटको ट्राभल चार्जरको साथ निस्शुल्क ७ किलोवाटको होम चार्जर र थप सहायक उपकरणहरू सहित लाभ लिन समेत ग्राहकलाई आमन्त्रण गरिएको छ ।
साथै निस्शुल्क ३.३ किलोवाट चार्जर, एक वर्षको अटो प्लस बीमा र निस्शुल्क रोड ट्याक्स र दर्ताको साथ उत्कृष्ट कारमा अपग्रेड गर्न प्रोत्साहित गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij