Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

अमेरिकामा यी १९ देशका ग्रीन कार्ड धारकहरूको पुनः जाँच गर्ने

अमेरिकामा यी १९ देशका ग्रीन कार्ड धारकहरूको पुनः जाँच गर्ने


  • 1.4K
    Shares

    अमेरिकामा यी १९ देशका ग्रीन कार्ड धारकहरूको पुनः जाँच गर्ने

    ट्रम्प प्रशासनले १९ देशबाट अमेरिका आउने मानिसहरूलाई जारी गरिएको ग्रीन कार्डको पुनः समीक्षा गरिने बताएको छ।

    अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका प्रमुख जोसेफ एडलोले राष्ट्रपतिले १९ देशका नागरिकहरूको ग्रीन कार्डको पूर्ण र कडाइका साथ पुनः जाँच गर्न निर्देशन दिएको बताए।

    बीबीसीले उल्लेख गरेअनुसार सूचीमा अफगानिस्तान, क्युबा, हैटी, इरान, सोमालिया, भेनेजुएला, बर्मा, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, लिबिया, सुडान यमन, बुरुन्डी, लाओस, सियरा लियोन, तुर्कमेनिस्तान, टोगो र टर्की समावेश छ। 

    बुधबार वाशिंगटन डीसीमा दुई राष्ट्रिय गार्डमाथि अफगानी नागरिकले गोली चलाएको आरोप लागेपछि ट्रम्प प्रशासनले यो घोषणा गरेको हो। गोली लागेर एक राष्ट्रिय गार्डको मृत्यु भएको छ।

    अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि अफगानहरूलाई विशेष आप्रवासन सुरक्षा प्रदान गर्ने कार्यक्रम अन्तर्गत संदिग्ध रहमानुल्लाह लकनवाल २०२१ मा अमेरिका आएका थिए।

    प्रकाशित मिति :मंसिर १२ २०८२ शुक्रवार - ०७:५५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij