२०८२ मंसिर ११ गते बिहिवार
काठमाडौं । साताको पाचौ कारोबारको दिन बिहिबार नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।
आज सुन तोलामा २ लाख ४८ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलामा २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३२ सय ८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३२ सय २० रुपैयाँमा किनबेच भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij