Logo

२०८३ बैशाख ९ गते बुधवार

२०८३ बैशाख ९ गते बुधवार

आज कुवेती दिनारको मूल्य बढ्यो, कुन मुद्राको विनिमय दर कति ?

आज कुवेती दिनारको मूल्य बढ्यो, कुन मुद्राको विनिमय दर कति ?


  • 1.1K
    Shares

    आज कुवेती दिनारको मूल्य बढ्यो, कुन मुद्राको विनिमय दर कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज पाउन्ड, कुवेती दिनारसहित केही मुद्रा महँगिएका छन्। 
    राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०६ पैसा रहेको छ।

    अस्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ८४ पैसा र बिक्री दर ९२ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर सय रुपैयाँ ८७ पैसा र बिक्रीदर १०१ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ।

    युरोपियन युरो एकको खरिद दर १६४ रुपैयाँ २८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९८ पैसा कायम हुँदा युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६२ पैसा रहेको छ।

    राष्ट्र बैङ्कले आजका लागि तोकिएको विनिमय दरलाई आवश्यकताअनुसार संशोधन गर्न सकिने जनाएको छ।

    list1.jpg

    images
    प्रकाशित मिति :मंसिर १० २०८२ बुधवार - ०६:१४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij