Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

तारकेश्वरमा चौथो मेयर रनिङ शिल्ड मंसिर १३ देखि सुरु

तारकेश्वरमा चौथो मेयर रनिङ शिल्ड मंसिर १३ देखि सुरु


  • 1.2K
    Shares

    तारकेश्वरमा चौथो मेयर रनिङ शिल्ड मंसिर १३ देखि सुरु

    काठमाडौं । तारकेश्वर नगरपालिकाको आयोजनामा “खेल तारकेश्वरकोः सन्देश एकताको” भन्ने नारासहित आयोजना हुने चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । 

    यहि मंसिर १३ देखि २० गतेसम्म सञ्चालन हुने खेलमा  ६० विद्यालयका ५ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने छन् । उक्त प्रतियोगितामा १८ वर्षमुनिका विद्यार्थीहरु मात्रै  सहभागी हुनेछन् ।  फुटबल, बास्केटबल, टेबलटेनिस, व्याडमिन्टन, कराँते, उसु, तेक्वान्दो लगायत ११ बिदासँगै यसपटक चेस खेल पनि समावेश गरिएको छ। 

    कुल २३४ पदकको लागि प्रतिस्पर्धा हुने प्रतियोगिताको उद्घाटन वडा ८ को पिपलडाँडा मैदानमा र समापन वडा ५ स्थित पृथ्वी नारायण माविमा हुनेछ।

    पहिलो, दोस्रो, तेस्रो र शान्त्वनालाई क्रमशः १ लाख, ६० हजार, ४० हजार र २० हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ। स्थानीय खेलकुदको महाकुम्भ मानिने यो प्रतियोगिताका अघिल्ला संस्करणमा हिमरश्मी र लालिगुराँस नेशनल एकेडेमीले उपाधि जितेका थिए।

    खेलकुद विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डमा पनि पछिल्ला दुई वर्ष काठमाडौं जिल्लामा पहिलो स्थान हासिल गरेको छ। प्रतियोगिताको सफल व्यवस्थापनका लागि राजेन्द्र प्रसाद तिमिल्सीनाको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरिएको छ।

    586337420_1154498840124778_4883583763420226548_n.jpg

    images
    प्रकाशित मिति :मंसिर ८ २०८२ सोमवार - १३:२५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij