Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

दुर्गा प्रसाईंलाई तुरुन्तै छाड्नुस् : केपी ओली

दुर्गा प्रसाईंलाई तुरुन्तै छाड्नुस् : केपी ओली


  • 1.1K
    Shares

    दुर्गा प्रसाईंलाई तुरुन्तै छाड्नुस् : केपी ओली
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेका छन् । काठमाडौंमा आयोजित स्थानीय जनप्रतिनिधिहरूको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    ओलीले भने, ‘म सरकारलाई भन्न चाहन्छु, दुर्गा प्रसाईंलाई तुरुन्तै छाड्नुस् । बोल्नै नपाउने पनि हुन्छ रु मानव अधिकार आयोगले समेत भनिसेकेको छ, बोलेकै भरमा कसैलाई थुन्न पाइँदैन भनेर । मानव अधिकार आयोगले समेत भनिसक्यो,’।

    उनले दुर्गा प्रसाईंले दिउँसो सार्वजनिक गरेको भिडियोकै आधारमा रातारात सरकारले पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् ।उनले अभिव्यक्ति दिएकै आधारमा उत्तेजित भएर कसैलाई पनि गिरफ्तार गर्न नपाइने बताएका छन् ।

     

    प्रकाशित मिति :मंसिर ३ २०८२ बुधवार - १५:२१:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij