Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

कोरियाले निर्माण गर्यो आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट, हरेक पसलमा उपलब्ध हुने

कोरियाले निर्माण गर्यो आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट, हरेक पसलमा उपलब्ध हुने


  • 6.4K
    Shares

    कोरियाले निर्माण गर्यो आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट, हरेक पसलमा उपलब्ध हुने

    सउल । दक्षिण कोरियाले आफूलाई कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ । किट यहाँका दुई औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन् ।

    उक्त किटमार्फत आफूलाई कोरोना लागेको शङ्का लागेमा घरमै बसेर आफ्नो परीक्षण गरी निश्चिन्त हुन सकिन्छ । घरमै बसी आफ्नो स्वाबमार्फत परीक्षण गरिने यो किटले परीक्षण गरेको १५ मिनेटमै कोरोना भाइरस लागे नलागेको पत्ता लगाउन सकिन्छ ।

    यतिमात्र नभई यो किट अब हरेक २४ घण्टे पसलमा सहजै उपलब्ध हुने भएको छ । यहाँका जी एस–२५, सेभेन इलाभेन, इ–मार्टलगायतका २४ घण्टे पसलबाट सजिलै खरिद गर्न सकिने उक्त किटको खुद्रा मूल्य १० हजार कोरियन वन अर्थात् झण्डै एक हजार नेपाली रुपैयाँ पर्छ ।

    यसको सहायताले अब प्रयोगकर्ताले सहजै आफ्नो नतिजा थाहा पाई पोजिटिभ आए सेल्फ आइसोलेशन बस्ने तथा थप पिसिआर जाँच गरी स्वास्थ्य सुरक्षा अपनाउन सक्नेछन् । कोरियामा पछिल्लो समय कोरोना भाइरसको प्रकोप थप बढ्न थालेपछि सरकारले परीक्षणको दायरा बढाउन उक्त नीति अवलम्बन गरेको बताइएको छ । रासस

    प्रकाशित मिति :बैशाख ३० २०७८ बिहिवार - ११:५५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij