Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

हेर्नुहोस कति छ आज सुनचाँदीको मुल्य ?

हेर्नुहोस कति छ आज सुनचाँदीको मुल्य ?


  • 9.3K
    Shares

    हेर्नुहोस कति छ आज सुनचाँदीको मुल्य ?

    काठमाडौँ । गत मंगलबार अधिकतम ९२ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्य क्रमशः घट्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (विहीबार) नेपाली बजारमा सुन प्रति तोला ४०० रुपैयाँले घटेर ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । 

    गत बुधबार बजारमा सुन प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य ९१ हजार १०० रुपैयाँ कायम भएको छ । 

    त्यस्तै यता चाँदीको मूल्य पनि बिहिबार झिनो रकमले घट्न पुगेको महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला १० रुपैयाँले घट्दै एक हजार ३३५ रुपैयाँ कायम भएको छ ।

    प्रकाशित मिति :बैशाख ३० २०७८ बिहिवार - ११:४७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij