Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

वृन्दावनको दुई घरमा सुरुङ खनेर नगद ८० हजारसहित झण्डै १२ लाख बराबरको चोरी

वृन्दावनको दुई घरमा सुरुङ खनेर नगद ८० हजारसहित झण्डै १२ लाख बराबरको चोरी


  • 911
    Shares

    • images
    वृन्दावनको दुई घरमा सुरुङ खनेर नगद ८० हजारसहित झण्डै १२ लाख बराबरको चोरी

    काठमाडौं । रौतहटको वृन्दावन नगरपालिका-१ बलेरीमा शनिबार राति चोर समूहले एकै रात दुई घरमा सुरुङ खनेर प्रवेश गरी झण्डै १२ लाख रुपैयाँ बराबरको धनमाल लुटिएको छ । 

    वडाध्यक्ष रामनाथ सहनीका अनुसार चोरहरूले ब्रह्मदेव चौधरीको घरको भित्तामा सुरुङ खनेर भित्र पसेका थिए । उनीहरूले ७ लाख मूल्यका सुनचाँदीका गरगहना, ८० हजार नगद, र विभिन्न महत्त्वपूर्ण कागजात चोरी गरेका छन् ।

    सोही क्रममा दुखा राउत कुर्मीको घर पनि लक्षित गर्दै सुरुङ बाटै प्रवेश गरेको थियो । त्यहाँबाट ४ लाख बराबरका गरगहना, ६ हजार नगद, मोबाइल फोन र कागजातसमेत लिएर फरार भएको सहनीले बताएका छन् ।

    पीडित चौधरीका अनुसार घटना घट्दा दुवै घरका सदस्यहरू गहिरो निद्रामा थिए । चोरहरूले घरमा रहेको लत्ता-कपडा समेत खेततर्फ लगेर फालेको उनले जानकारी दिएका छन् ।

    इलाका प्रहरी कार्यालय गरुडामा घटना बारे सूचना पुगेको र प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक ३० २०८२ आइतवार - १२:५०:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij