Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

गभर्नर पौडेलको आशंकाः कर्जा प्रवाह नबढ्नुको कारण कालोसूचि

गभर्नर पौडेलको आशंकाः कर्जा प्रवाह नबढ्नुको कारण कालोसूचि


  • 1.3K
    Shares

    गभर्नर पौडेलको आशंकाः कर्जा प्रवाह नबढ्नुको कारण कालोसूचि
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले कालोसूचिमा राख्ने क्रम अस्वभाविका रुपमा बढेको भन्दै गम्भीर चासो देखाएका छन् । 

    शुक्रवार राजधानीमा भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ९सिबिफिन० को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर पौडेलले झन्डै १० लाख उद्यमी भएको देशमा डेढ लाख भन्दा बढी कालोसूचिमा राखिनु स्वभाविक नभएको बताएका हुन् ।

    उनले कालोसूचिमा राखेकै कारण कतै कर्जा लिनेको संख्या बढ्न नसकेको हो की भनेर राष्ट्र बैंकले छलफल थालेको समेत बताएका छन्। गभर्नर अधिकारीले चेक बाउन्सलाई धेरै नै अपराधिकरण गर्न नहुने बताएका छन् । 

    गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई व्यवसायमा लगानी बढाउन समेत आग्रह गरेका छन्। उहाँले बैंक भनेको व्यवसाय नै रहेकाले बिजनेसमा इन्भेस्ट गर्नुपर्नेमा जोड दिएका छन् । 

    उनका अनुसार नयाँ उद्यमीहरु खोज्न अब चासो दिनुपर्छ । लगानीबिना आर्थिक समृद्धि हासिल नहुने भएकाले राष्ट्रिय अर्थतन्त्रलाई बल पुग्ने गरी लगानी बढाउनुपर्छ । 

    गभर्नर  पौडेलले अरु देशमा रहेका नीतिहरुलाई समेत हेरर नेपाललाई अनुकुल हुने पोलिसीहरु ल्याउन राष्ट्र बैंक तयार रहेको बताएका छन् ।

    प्रकाशित मिति :कार्तिक २८ २०८२ शुक्रवार - १५:४५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij