Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

जेनजी आन्दोलनको क्रममा क्षति भएका ४६५ मध्ये ४४८ प्रहरी बिट सञ्चालनमा

जेनजी आन्दोलनको क्रममा क्षति भएका ४६५ मध्ये ४४८ प्रहरी बिट सञ्चालनमा


  • 813
    Shares

    • images
    जेनजी आन्दोलनको क्रममा क्षति भएका ४६५ मध्ये ४४८ प्रहरी बिट सञ्चालनमा

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा क्षति भएका ४६५ मध्ये ४४८ प्रहरी बिट सञ्चालनमा आइसकेको बताएका छन् ।

    बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको  संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बिहीबार उपस्थित भएका गृहमन्त्री अर्यालले यस्तो जानकारी गराएका हुन् ।

    सरकार बन्दा अन्योलपूर्ण अवस्था रहेको भन्दै उनले अहिलेसम्म आइपुग्दा दुई महिनाको अवधिमा शान्ति सुरक्षालाई सामान्य अवस्थामा ल्याउन सकिएको बताएका छन् ।

    जेनजी आन्दोलनका घाइतेहरुलाई परिचयपत्रसहित निशुःल्क उपचारको व्यवस्था मिलाइएको समेत बताएका छन् । विदेशमा रहेका नेपाली नागरिकलाई समेत मतदानको अधिकार उपलब्ध गराउने विषयमा सरकार आवश्यक गृहकार्यमा लागेको पनि बताएका छन् ।

     

     

     

    प्रकाशित मिति :कार्तिक २७ २०८२ बिहिवार - १४:०५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij