२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्की दर्ज्यानी चिह्न लगाएपछि सम्बोधन गर्ने क्रममा भक्कानिएका छन् । सम्बोधनको सुरुमै उनका गला अवरुद्ध भएका थिए ।
‘म सर्वप्रथम राष्ट्र र नागरिक सेवाका क्रममा वीरगति प्राप्त गर्नुभएका’ भनेपछि भक्कानिए कार्की ।
उनले आफूले पाएको विशिष्ट जिम्मेवारीलाई पारदर्शी र जवाफदेहिताका साथ पूरा गर्दै नागरिक सेवा भावको पूर्ण प्रत्याभूति दिलाउने प्रतिबद्धता जनाएका छन् ।
खापुङ अवकाशमा जानुअघि नै कात्तिक २५ गतेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij