Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

उपराष्ट्रपति यादव कोरियाली राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी

उपराष्ट्रपति यादव कोरियाली राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी


  • 386
    Shares

    उपराष्ट्रपति यादव कोरियाली राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
    images

    काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ काठमाडौंमा आयोजित स्वागत  समारोहमा सहभागी भएका छन् ।

    त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले नेपालको दिगो आर्थिक विकास र समृद्धिका लागि कोरिया सरकार नेपालसँग सहकार्य गरेर अगाडि बढिरहेको बताए  

    उनले जलविद्युत्, सांस्कृतिक सम्पदा र मानव संसाधन नेपालको विकासका निम्ति प्रचुर सम्भावना भएका क्षेत्र भएकाले तिनलाई नै प्राथमिकतामा राखेर कोरियाले  साझेदारको भूमिका निर्वाह गरेको बताए ।

    समारोहमा कोरियाली संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । त्यसैगरी, नेपाल सरकारका वरिष्ठ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, उद्यमी-व्यवसायी, सञ्चारकर्मी, कामको सिलसिलामा यहाँ  रहेका कोरियाली नागरिकको उपस्थिति थियो ।

     

    प्रकाशित मिति :कार्तिक २७ २०८२ बिहिवार - ११:०७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij